गृहपृष्ठ Featured कपिलवस्तुमा देवीको नामको बोका चोरेको आरोप २ जना युवक पक्राउ

कपिलवस्तुमा देवीको नामको बोका चोरेको आरोप २ जना युवक पक्राउ

कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका– १ सेमराबाट स्थानीय गाउहरुले देबीको नामा छाडेको ४४ किलोको बोका चोरेको आरापमा २ युवक पक्राउ परेका छन ।

गत असार १६ गते साढे ३ बजेतिर कृष्णनगर नगरपालिका वडा नम्बर १ झन्डेनगरका रोहित यादव र पिन्टु हेलाले चोरेर वडा नम्बर ५ पुरुषोत्तमपुर लगेर लुकाएका थिए । स्थानीय गाउलेहरुले बोका चारिएको बिषयमा जानकारी दिए पछि दुबैलाई प्रहरीले बोका सहीत पक्रेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए ।

देउताको ।नाममा छाडिएको बोका चोरेको आरोपमा पक्राउ परेको दुबै जनालाई चोरीका मुद्दाम अदालतबाट म्याद थपेर घटनााको अनुसंधान बाढइएको उनले बताए ।

ती चोरहरुले यस अघि ४ वटा खसी बोका चारी सकेको प्रहरी समक्ष बयान दिएका छन ।

सम्बन्धित् समाचार