गृहपृष्ठ Featured बाँकेमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न चलायाे गोली

बाँकेमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न चलायाे गोली

रुपन्देही ।

बाँकेको डुडुवा गाउँपालिका-६ सिख्खन पुरुवामा डाँकाचोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

डाँका चोरी मुद्दामा फरार सिख्खन पुरुवाका ५५ वर्षीय सन्नाम भनिने सरमानसिंह सरदारलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए ।

सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुङ्गामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार गोली लागेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का एक स्थानीय रहेका छन् । स्थानीयको इट्टा प्रहारबाट एकजना वरिष्ठ प्रहरी हवलदार गम्भीर घाइते भएका छन् । डुडुवा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मोहनराम मिश्रले पारिवारिक विवादमा प्रहरीले मुद्दा चलाएको  बताए ।

सम्बन्धित् समाचार