वैखरी अनलाइन, बणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले एकिकृत घुुम्ती शिविर सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाको वडा नः ५ मा कोपवामा नगरले एकिकृत घुम्ती शिविर सम्पन्न गरेको हो ।
नगरबाट प्रवाह हुने पशु, कृषि, आर्युवेद, स्वास्थ्य, महिला तथा बालबालिका र राजश्व क्षेत्रको सेवा सो अवसरमा प्रदान गरिएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

सो अवसरमा कुल ६४४ जना सेवाग्राहीले बिभिन्न सेवाबाट लाभान्वीत भएको पौडेलले बताए । वडा नम्बर ५ स्थित महेन्द्र माध्यमिक बिद्यालय कोपवामा भएको शिविरबाट सेवा पाएपछि सेवाग्राही खुशी भएको बताउदै यस्ता शिविर समय सापेक्ष आयोजना गरी रहनु पर्ने बताएका छन ।

सो अवसरमा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल, उप प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिसिन, शाखा प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो ।








