गृहपृष्ठ Featured सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु

सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु

दाङ । दाङमा विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट राप्ती गाउँपालिका– २ नयाँ बस्ती निवासी वर्ष ६८ का डल्ले कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लैजाने क्रममा  कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । चार वर्ष पहिले सर्पको टोकाइबाट कुमालको नातिको समेत मृत्यु भएको स्थानीयले बताए ।

सम्बन्धित् समाचार