गृहपृष्ठ Featured बुद्धभुमीमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

बुद्धभुमीमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाइन, बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । बुद्धभुमी नगपालिकाको कार्यालयको आयोजनामा भएको सो कार्यक्रम बुद्धभुमी नगरपालिका वडा नः २ गोरुसिङ्गेमा रहेको मायाज होटेलमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा बोल्दै जिल्ला सम्वन्य समिति कपिलवस्तुका संयोजक बाबुराम आर्चायले जिल्लाका हरेक बालबालिकालाई खोपको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउँदै सबै सरोकारवाला निकायले यसमा गम्भीर भएर लाग्न आवश्यक रहेको बताएका थिए । बुद्धभुमी नगरपालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले सबै खोप लगाउँन पाएकोमा खुशी ब्यक्त गर्दै जिल्लाका अन्य पालिकाहरु पनि यसमा गम्भीर भएर लाग्न आवश्यक रहेको बताए ।

त्यस्तै बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बोल्दै बालबालिका भविष्यका कर्णधार भएकाले यस्मा सबैले चासोका साथ आफनो पक्षबाट काम गर्नुपर्ने बताउदैँ बालबालिकासगं जोडीएका हरेक कुरामा संवेदनशिल हुन आवश्यक रहेको बताए । साथै नगर प्रमुख श्रेष्ठले नगरभित्र जन्मीएका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले सबै राष्ट्रीय खोपहरु पाइसकेको बताउदैँ अवका दिनमा पनि नगरभित्र जन्मीएका सबै बालबालिकाले सबै खोप समयमै पाउनेमा आफु बिश्वस्त रहेको बताए ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, वडा नः १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक), वडा नः २ का अध्यक्ष सुरज प्रताप राणा, वडा नः ३ का वडा अध्यक्ष बिकास आर्चाय, वडा नः ५ का वडा अध्यक्ष रोम थापा, वडा नः ९ का वडा अध्यक्ष प्रमोद आर्चाय, शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रम नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता , जिल्ला सम्वन्य समिति कपिलवस्तुका संयोजक बाबुराम आर्चायको प्रमुख आथित्यता, बुद्धभुमी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु देव खनालको स्वागत तथा स्वास्थ्य शाखाा कर्मचारी गोर्कण अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा सहभागी सबैले पुर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

 

सम्बन्धित् समाचार