गृहपृष्ठ Featured पाल्पामा बाढीले बगाएर एक वृद्ध महिलाको मृत्यु

पाल्पामा बाढीले बगाएर एक वृद्ध महिलाको मृत्यु

रुपन्देही ।

पाल्पामा बाढीले बगाएर एक वृद्ध महिलाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार कामको सिलसिलामा गोठादीको सातपोखरी गएर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको थिइन् ।

खोजतलास गर्ने क्रममा ५ सय मिटर टाढा मृतअवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार