गृहपृष्ठ Featured युरो कप : नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा

युरो कप : नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा

इङ्ल्यान्ड यूईएफए युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई २-१ ले पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुवातमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो । तर, इङ्ल्यान्डले पुनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सका जाभी सिमोन्सले ७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर १८औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ह्यारी केनले खेललाई बराबरीमा ल्याए । त्यस्तै ओलेइ वाट्किन्सले ९०औँ मिनेटमा गोल गरेसँगै इङ्ल्यान्ड विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

अब इङ्ल्यान्डले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरिसकेको छ ।

सम्बन्धित् समाचार