कपिलवस्तु ।
जिल्लाको महाराजगन्ज नगरपालिका- ३ जमुनी गाउँको कुलोमा एक जना पुरुषको शव फेला परेको छ । मृतक बुद्धभूमि नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख रेशम रिजाल अनुसार पुरुषको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।








