गृहपृष्ठ Featured सिमलताल पहिरो : थप दुई जनाको शव फेला

सिमलताल पहिरो : थप दुई जनाको शव फेला

पश्चिम नवलपरासी, सुस्ता- ४ स्थित नारायणी नदीको किनारमा एक जना र भारतको बाल्मिकी नहरमा थप दुई जनाको शव फेला परेको छ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले त्रिशुलीमा बगाएको बसमा सवार व्यक्तिहरूको खोजी गर्ने क्रममा थप तीन पुरूषको शव फेला परेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी नवलपरासीको त्रिवेणीबाट भारततर्फ बाल्मिकी नहरमा आइतबार बेलुकी ८ः१० बजे दुई शव फेला परेको हो। यसअघि आइतबारै ५ः४० बजे यही नहरमा दुई पुरूषको शव भेटिएको थियो। उक्त नहरलाई गण्डक नहर पनि भनिन्छ।

त्यस्तै नारायणी किनारमा आइतबार बेलुकी ६ बजे शव फेला परेको हो।

शव फेला परेका पाँचै जनाको सनाखत हुन बाँकी छ। उनीहरू दुर्घटना परेका बसका यात्रु थिए कि थिएनन् भनेर खुल्न पनि बाँकी छ।

सम्बन्धित् समाचार