गृहपृष्ठ Featured प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने सत्ता पक्षका मुख्य सचेतक​ महेशकुमार बर्तौलाले जानकारी दिएका छन् ।

उनले भने, ‘यही साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुहुने जानकारी गराउन चाहन्छु ।’

 

सम्बन्धित् समाचार