गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : कांग्रेस–एमाले मुख्यमन्त्रीको राजीनामा कुर्दै

लुम्बिनी प्रदेश : कांग्रेस–एमाले मुख्यमन्त्रीको राजीनामा कुर्दै

प्रकाशित मिति:

देउखुरी ।

केन्द्रमा सत्ता बदलिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेबीच छलफल सुरु भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि मात्रै नयाँ सरकार बनाउन कांग्रेस–एमाले संसदीय दलको बैठक बस्ने तयारीमा रहेका छन् ।

लुम्बिनीको मुख्यमन्त्री एमालेको भागमा पर्ने भनिएपनि औपचारिक रुपमा केन्द्रले प्रदेश बाँडफाँड नगर्दा दुवै संसदीय दलका नेता अलमलमा छन् । कांग्रेस–एमाले केन्द्रको निर्देशनको पखाइमा छन् । सरकारको नेतृत्व एमालेको भागमा पर्ने भनिएपछि दल नेता एवं पूर्वमुख्यमन्त्री लिला गिरी र उपनेता चेतनारायण आचार्य पाटीभित्र आ–आफ्नो लबिङमा छन् ।

एमाले दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री महरालाई भेटेरै अल्पमतमा परेपछि तत्कालै राजीनामा दिएर बाटो खुला गरिदिने आग्रह गरेको बताए ।

सम्बन्धित् समाचार