गृहपृष्ठ Featured मुख्यमन्त्री महराको प्रश्न : कांग्रेस-एमालेले मुख्यमन्त्री टुंगो नलगाउँदै किन राजीनामा दिने ?

मुख्यमन्त्री महराको प्रश्न : कांग्रेस-एमालेले मुख्यमन्त्री टुंगो नलगाउँदै किन राजीनामा दिने ?

बुटवल ।

केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनीमा सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा अल्पमतमा छन् ।

२० असारमा उनी अल्पमतमा परेपछि विपक्षी दलहरूले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । तर, मुख्यमन्त्री महराले राजीनामा दिएका छैनन् ।

उनले एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया नै सुरु नगरेकाले आफ्नो राजीनामा आउन ढिला भएको प्रष्टीकरण दिंदै आएका छन् ।

महराले एमाले र कांग्रेस नयाँ सरकार गठनको संवैधानिक प्रक्रियामा गएपछि मात्रै आफूले राजीनामा दिने वा के गर्ने भन्ने यकिन हुने बताए ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । यद्यपि महराले विश्वासको मत लिने प्रक्रियामा पनि गएका छैनन् ।

सम्बन्धित् समाचार