गृहपृष्ठ Featured वन कार्यालयले स्थानीय तहसंग कुनै समन्वय नगरि जनतामाथि ज्याजती गर्‍यो : वडाध्यक्ष बस्नेत

वन कार्यालयले स्थानीय तहसंग कुनै समन्वय नगरि जनतामाथि ज्याजती गर्‍यो : वडाध्यक्ष बस्नेत

सागर वि.क., वैखरी अनलाईन ।

गैँडे सामुदायिक वन उपभोक्ता समूहले २ दिने उद्घोषण, नेतृत्व विकास तथा वन संरक्षण सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रबार र शनिबार भएको उक्त तालिम वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

तालिमको समापन सत्रमा बोल्दै बुद्धभूमि नगरपालिका वडा नं.१ का वडाध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’ ले तालिमले सहभागिहरुलाई असल उद्घोषक बन्नका लागी आवश्यक ज्ञान दिलाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष बस्नेतले वाक कला आफैमा विशिष्ट कला भएकाले यसले हरेक व्यक्तिलाई आफ्नो व्यक्तित्व विकास र नेतृत्व स्थापित हुन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह गरे ।

फरक प्रसङ्गमा बोल्दै वडाध्यक्ष बस्नेतले डिभिजन वन कार्यालयले बुद्धभूमि नगरपालिका २ का बासिन्दालाई वन अतिक्रमण हटाउने नाममा अमानवीय, अशोभनीय तवरले हटाएको बताए । उनले डिभिजन वन कार्यालयले स्थानीय सरकारसंग कुनै सहकार्य, समन्वय नगरि जनतामाथि ज्याजती गरेको आरोप लगाए । सिएफओ विजयराज सुवेदीले केही दिन अघि मात्र एक कार्यक्रममा स्थानीय तहसंग समन्वय सहकार्य गरेर अघि बढ्ने बताएको स्मरण गर्दै उनले भने, ‘डिएफओ आफैले बोलेको कुरा कार्यानवयन गर्नुभएन् । हामीले बर्खापछि व्यवस्थित तरिकाले गरौं भनेको मान्नुभएन् ।’

उनले वनमा विगतमा भन्दा क्रमिक रुपमा सुशासन कायम हुदैं गएको भन्दै खुशी व्यक्त गरे । उनले वन सबैको साँझा सम्पत्ति भएकाले सबैलाई संरक्षणमा जुट्न अपिल समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथि शितगंगा नगरपालिका वडा नं.११ का वडाध्यक्ष नवराज भुसालले यस वनले उपभोक्ताहरुको क्षमता अभिवृद्धि गर्न गरेको यसले तालिमले सकारात्मक परिणाम देखाएको बताए । उनले सुरुवाती चरणमै आफ्ना कुराहरु माईक छोपेर स्पष्टसंग निर्धक्क भएर राख्नु आफैमा ठूलो उपलब्धि भएको बताए ।

उनले यस्ता तालिमलाई वृहत रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि सब डिभिजन कार्यालय डोहोटेका वन अधिकृत पन्नालाल भट्टराईले वन संरक्षण, सम्बद्र्धनमा सबै उपभोक्ताहरु एक भएर लाग्नुपर्ने बताए । वनले अमूल्य सम्पदा भएकाले यसको संरक्षण सबैको सरोकारको विषय भएको उनले बताए ।

गैँडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जुद्ध बहादुर सुनारले वनले वन संरक्षण, व्यवस्थापनसंगै उपभोक्ताहरुको क्षमता अभिवृद्धिलाई पनि महत्व दिएको बताए । उपभोक्ताको व्यक्तित्व विकासमा यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

वनकी सचिव सिता बेल्वासेले २ दिने तालिमले पनि सहभागीहरुमा क्षमता अभिवृद्धि गर्ने काम गरेको भन्दै खुशी व्यक्त गरिन् । उनले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । आफ्ना गाउँठाउँमा हुने कार्यक्रम कुशलतापूर्वक संचालन गर्न आवश्यक ज्ञान दिलाउन यस तालिमले आधार प्रदान गरेको बताईन् ।

दुई दिने उक्त तालिममा पहिलो दिन प्रमुख परिक्षकका रुपमा गुरुदेव पौडेल रहेका थिए भने दोस्रो दिन सवडिभिजन कार्यालय डोहोटेका वन अधिृकत पन्नालाल भट्टराई रहेका थिए ।

तालिममा सहभागीहरुले छोटो समयमा धेरै ज्ञान, सिप हासिल गर्ने प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरुले आगामी दिनमा पनि यस्ता तालिमको अवधि बढाएर निरन्तर रुपमा संचालन गर्नुपर्ने माग गरेका थिए ।

सम्बन्धित् समाचार