बुद्धभूमि ।
बर्खायाममा अमानवीय शैली प्रयोग गरी सुकुम्बासीवस्तिमाथि डोजर चलाउने कार्यको बुद्धभूमि नगरपालिकाले घोर भर्त्सना गरेको छ । डिभिजन वन कार्यालय कपिलवस्तुले बुधबार बुद्धभूमि नगरपालिका- २ को वकडरिया गाउँमा डोजर प्रयोग गरी सुकुम्बासीवस्ति सखाप पारेको थियो ।
उक्त कदमको चारैतिरबाट चौतर्फी विरोध भइरहेको बेला बुद्धभूमि नगरपालिकाले एक विज्ञप्ति निकालेर आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।
डिभिजन वन कार्यालय कपिलवस्तुबाट सुकुम्बासीवस्तिमा ज्यादति भएपनि बुद्धभूमि नगरपालिका नागरिकको पक्षमा उभिएको छ ।
नगर प्रवक्ता तेज बहादुर बस्नेत र वडा नं. २ का वडाध्यक्ष सुरजप्रताप राणाद्धारा हस्ताक्षरित विज्ञप्तिमा ४० औँ बर्षदेखि बसोबास गरी खनजोत, भोगचलन गर्दै आईरहेको बस्तिमा यही मिति २०८१ साउन २ गते डिभिजन वन कार्यालय कपिलवस्तुले घरटहरा, गोठहरुमा निर्मम तबरले डोजर चलाई संरचना भत्काएको र खेतीबाली समेतमा ट्याक्टर लगाई हानी नोक्सानी गरेको हुँदा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
यस्तो छ विज्ञप्ति :









