गृहपृष्ठ Featured बाणगंगामा शिक्षा क्षेत्रको बिकासका लागी उप-प्रमुखको संयोजकत्वमा समिति गठन

बाणगंगामा शिक्षा क्षेत्रको बिकासका लागी उप-प्रमुखको संयोजकत्वमा समिति गठन

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले शिक्षा क्षेत्रको बिकासका लागी योजना निमार्ण गर्ने भएको छ ।

नगरपालिकाको सभाहलमा सोमबार भएको परिचयात्मक बैठक तथा शिक्षा क्षेत्र योजना निमार्ण कार्यक्रममा समग्र नगरभित्रका बिद्यार्थी र बिद्यालयलाई लक्षित गरी शिक्षा क्षेत्रको बिकासका लागी नगरले योजना निमार्ण गर्ने निर्णय भएको हो ।

शिक्षा क्षेत्रको बिकासका लागी भावी योजनाबारे समय सापेक्षमा बहश र छलफल हुदै आएकोमा यसपालि भने ठोस योजना निमार्ण गरेर कार्यन्वयनमा लैजाने योजना रहेको नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताए ।

हालको अवस्थामा जिल्लामा शिक्षाका हरेक पक्षमा बाणगंगामा अब्बल रहेतापनि केही क्षेत्रमा सोचेजति नै काम गर्न योजनानै बनाएर कार्यन्वयन गरेर जाने बताए ।

शिक्षा क्षेत्रको योजना निमार्ण गर्नका लागी बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीको संयोजकत्वमा ९ सदस्य समिति समेत सो अवसरमा गठन भएको छ ।

जसको सदस्यहरुमा उपसचिव बाबुराम भट्टराई, बाणगंगा नगरपालिकाको सामाजिक बिकास समितिका संयोजक बिष्णु गिरि, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसि, जनता माध्यमिक बिद्यालयका प्रार्चाय रमेश पन्थी, योजना शाखा प्रमुख शान्ताराज आर्चाय, महिला बालबालिका शाखा प्रमुख शुसिला पन्त लगायत रहेका छन । यस समितिले आवश्यक सबै तथ्याङ्क सकंलन गरेर छलफल र अन्तरक्रियापछि आवश्यक रणनिति तयार पार्नेछ ।

कार्यक्रमको सहजीकरण कालिका स्वालम्बन सामाजिक केन्द्रले गरेको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकासहित कपिलवस्तु जिल्ला र लुम्बिनि प्रदेशको शिक्षा क्षेत्रको अवस्थाका बारेमा कालिका स्वालम्बन सामाजिक केन्द्रकी सुजिता शाक्यले प्रकाश पारेकी थिइन् ।

सो अवसरमा वडाअध्यक्षहरु, शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार