सागर वि.क., वैखरी अनलाईन ।
आथिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट २० हजार बढीले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० हजार ४ सय ३५ राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले वंशजको नागरिकता १७ हजार १ सय ३७ र एक हजार ३ सय ३५ जनालाई बैवाहिक अंगिकृत नागरिक जनालाई वितरण गरेको जनाएको छ ।
जबकी नागरिकता प्रतिलिपी लिनेको संख्या १० हजार १ सय ६६ छ । कपिलवस्तु जिल्लाभर आर्थिक वर्ष २०८०/८१ मा २२ हजार ७५६ जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरेको उक्त तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कअनुसार ४१८ जनालाई नाबालक परिचय पत्र वितरण गरिएको छ भने ८ जनालाई गैरआवासीय नागरिकता दिईएको छ । हाल जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तौलिहवासंगै ईलाका प्रशासन कार्यालय बाणगंगा र ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट सेवा दिदैं आएको छ ।
अहिले जिल्लामा बराइँसराइ गरि आउनेको दर बढ्दो छ । पहाडी जिल्लाहरुका मानिसहरु सेवा सुविधाको सहज परिपूर्तिका लागी कपिलवस्तुका विभिन्न पालिकामा बराइँसराइ गरि आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मुख्यतः जिल्लाको बाणगंगा नगरपालिकामा बराइँसराइ गरि आउनेको संख्या तीब्र गतिले बढिरहेको छ ।
यसरी मानिसको संख्या बढ्दै जादाँ सेवा लिनेको संख्यामा पनि वृद्धि हुन थालेको अनुमान छ ।







