गृहपृष्ठ Featured रुपन्देहीको सैनामैनाका ४ जना फरार अभियुक्त पक्राउ

रुपन्देहीको सैनामैनाका ४ जना फरार अभियुक्त पक्राउ

बुटवल

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार रहेका चार जनालाई पक्राउ गरेको छ।

रुपन्देही जिल्ला अदालतले चोरी लगायत मुद्दामा कैद तथा सजाय भई हालसम्म फरार भएका सैनामैना नगरपालिका -११ का चार जनालाई पक्राउ गरेको हो।

२०४७ पुस २४ गतेको फैसला बमोजिम फरार रहेका प्रतिवादीहरूलाई इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद तथा जरिबाना भुक्तानको लागी अदालतमा पेश गरेको छ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका-११ स्थित विष्णु बहादुर शाही, जंग बहादुर चौधरी भन्ने जंग बहादुर थारु, लाल बहादुर सेन ठकुरी र होम बहादुर सेन भन्ने हुम बहादुर सेन रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए।

सम्बन्धित् समाचार