गृहपृष्ठ Featured दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा को-को थिए सवार ? (सूचीसहित)

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा को-को थिए सवार ? (सूचीसहित)

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार सबै एयरलाइन्सकै कर्मचारी रहेको खुलेको छ ।

काठमाडौंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । सौर्य एयरलाइन्सका अनुसार जहाजमा सवार १९ जना एयरलाइन्सकै कर्मचारी हुन् ।  जहाज क्याप्टेन मनिष शाक्य र को पाइलट एस कटुवालले चलाएका थिए ।

जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशी सवार थिए । यसैगरी, सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्या, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा जहाजमा सवार थिए । तीमध्ये दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिष शाक्यको भने उद्धार गरिएको छ ।

क्याप्टेन शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

हेर्नु्स् सूची:

saurya-airlines-name-list-1721803370.jpg

सम्बन्धित् समाचार