प्रधानमन्त्री केपी ओलीसहितको टोली त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलमा पुगेको छ। दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्रीसहितको टोली दुर्घटनास्थल पुगेको हो।
टोलीमा प्रधानमन्त्रीसँगै सुरक्षा निकायका अधिकारीहरू र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसमेत छन्।
चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनीषरत्न शाक्यकाे उपचार भइरहेको छ।








