वैखरी अनलाइन, बाणगंगा ।
.कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा रहेको शिव मन्दीर सामुदायिक बनले बृक्षारोपण कार्यलाई जारी राखेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुङची क्षेत्रको उत्तरतर्फ ५ हेक्टर क्षेत्रफलमा सामुदायिक बनले बृक्षारोपण गरेको हो ।

सो क्षेत्रमा सिसौ र खयर प्रजातीका १८ हजार बिरुवा लगाइने सामुदायिक बनका अध्यक्ष झलक मल्लले बताए । सामुदायिक बनको खाली ५ हेक्टर क्षेत्रफलमा माटो परिक्षणनै गरेर बिरुवाहरु बृक्षारोपण गरीएको अध्यक्ष मल्ले बताए ।

साथै बिगत एक हप्तादेखि बृक्षारोपण कार्य तिव्र रुपमा जारी रहेको समेत मल्ले जानकारी दिए । साथै लगाइएका ति बिरुवाहरुको हेरचाहका लागी योजना बनाएर संरक्षण गर्ने तयारी रहेको उनको भनाई छ ।








