गृहपृष्ठ Featured गुल्मीका ६० हजार घरधुरीमा पुग्यो बिजुली

गुल्मीका ६० हजार घरधुरीमा पुग्यो बिजुली

गुल्मी ।

गुल्मी जिल्लाका ६० हजार घरधुरीमा बिजुली पुगेको छ ।

जिल्लाको मुसिकोट नगरपालिकाको वडा नं १, २, ८ र ९ तथा मालिका गाउँपालिकाको वडा नं १, २ र ३ बाहेकका क्षेत्रमा विद्युतीकरण भइसकेको छ ।

पछिल्लो एक वर्षमा ११ सय घरधुरी ग्राहक थपिएका नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

जिल्लामा नेपाल विद्युत प्राधिकरणबाट ३४ हजार र सामुदायिक विद्युतीकरण मार्फत २६ हजार घरधुरीले विद्युत सेवा लिदै आएका नेपाल विद्युत प्राधिकरण गुल्मीका वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले जानकारी दिए ।

सम्बन्धित् समाचार