गृहपृष्ठ Featured तानसेनमा ९ जना जुवाडे पक्राउ

तानसेनमा ९ जना जुवाडे पक्राउ

तानसेन । 

तानसेनमा जुवा तास  खेलिरहेको अवस्थामा ९ जना  जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तानसेन-६ का ५२ वर्षीय नारायण कुंवर, ३२ वर्षीय सन्तोष रुचाल, ३० वर्षीय सुमन मर्साङ्गी, ३५ वर्षीय दिपेन्द्र थापा, २४ वर्षीय रक्कीमान बज्राचार्य, ३० वर्षीय किरण सूर्यवंशी, ३० वर्षीय गणेश आचार्य र ३० वर्षीय सुजन शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तानसेन नगरपालिका–६ भिमसेन टोलका  शैलेन्द्र (अनन्त) बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा  गोप्य सूचनाका आधारमा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जुवा खेलिरहेको स्थान बाट नगद २९ हजार १ सय २५ र १ सय ६३ थान तास समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरू लाई बिहीबार ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित् समाचार