गृहपृष्ठ Featured सुर्खेत–जुम्ला सडक अवरुद्ध

सुर्खेत–जुम्ला सडक अवरुद्ध

सुर्खेत ।

कर्णाली करिडोरअन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो ।

सडक खुलाउन प्रयास भइरहेको उहाँले बताउनुभयो ।

 

सम्बन्धित् समाचार