रुपन्देही ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले रुपन्देहीका ५५३ जना स्थानीयलाई लालपुर्जा वितरण गरेका छन् ।
लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु अत्यन्त खुसी भए । वर्षौंंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पीडाबाट मुक्ति पाएको स्थानीयले प्रतिक्रिया दिए ।
सरकारले पाँच लाख भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरण सम्भव भएको बताए ।
साथै गाउपालिका उपाध्यक्ष तारा चौधरीले पालिका भित्रका भुमिहिनलाई क्रमश लालपुर्जा प्रदान गरिदै लैजाने योजना रहेको बताइन ।








