रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन साउन ९ गते दौरासुरुवाल लगाएर तयार भए पनि पार्टीभित्रको खटपटले रोकिएका नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनालाई नै पार्टीको नेतृत्व गरेर पठाउने तयारी गरेको छ ।
पार्टी संस्थापन समूहमा रहेका उनीसहित ५ जनालाई मन्त्रीका लागि पठाउने साउन ८ गते रातिको निर्णयलाई इतर समूहको विरोधका कारण अन्तिम समयमा रोकिएको थियो ।
संघीय सरकारले आइतबार नयाँ प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीलाई नियुक्त गरेको र उनको शपथ बुधबारमात्रै हुने भएकाले बिहीबारसम्मका लागि नयाँ नियुक्तिको प्रक्रिया रोकिएको छ । एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकालका अनुसार १६ गते मन्त्रीहरुको कार्यविभाजन गर्ने तयारी मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।








