गृहपृष्ठ Featured भारतमा पहिरोमा परी कम्तीमा ४९ जनाको मृत्यु

भारतमा पहिरोमा परी कम्तीमा ४९ जनाको मृत्यु

एकपछि अर्को गरी गएको लगातारको तीनवटा पहिरोमा परी भारतको केरला राज्यमा कम्तीमा ४९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

वायनाड जिल्लामा मंगलबार बिहान करिब २ बजेतिर गएको पहिरोमा परी कम्तीमा ७० जना घाइते भएका केरलाका मुख्यमन्त्रीका प्रेससचिव पिएम मनोजलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

ड्रोन र कुकुरसहित टोलीका साथै दुई सउभन्दा धेरै सेना र इन्डियन एयर फोर्सको दुईवटा हेलिकोप्टर उद्धार कार्यका लागि परिचालन गरिएको समाचारमा जनाइएको छ।

वर्षाका कारण घटनास्थलको  प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘सयौँ मानिस पहिरोमा फसेका आशंका गरिएको छ,’ भारतीय सेनाले एक विज्ञप्तिमार्फत भनेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपतकाे अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित् समाचार