गृहपृष्ठ Featured देउखुरीमा ट्रकको ठक्करबाट एक फलफूल व्यवसायीको मृत्यु

देउखुरीमा ट्रकको ठक्करबाट एक फलफूल व्यवसायीको मृत्यु

दाङ ।

देउखुरीमा ट्रकको ठक्करबाट एक फलफूल व्यवसायीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइहेको सु. प. प्र ००१ख २७७९ नम्बरको ट्रकले मंगलबार लमही- भालुवाङ सडक खण्डको भालुवाङमा ठक्कर दिँदा राप्ती गाउँपालिका- १ भालुवाङका ५०वर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो ।

राप्ती गाउँपालिका- १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका भट्टराईलाई बाटो क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिएको थियो ।ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिए ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राखि पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् ।ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार