गृहपृष्ठ Featured केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न सकेन् : शेरचन

केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न सकेन् : शेरचन

बुटवल ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न नसकेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रमा सत्तासमीकरण परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुखलाई विना जानकारी पदमुक्त गर्ने परिपाटी गलत भएको उनले बताए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । बैठकले लुम्बिनीको प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णयपछि आज, मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुखको सम्मान नभएको भन्दै गुनासो गरेका हुन् ।

शेरचनले कुनै कारण विना प्रदेश प्रमुख पदमुक्त गर्ने कुरा गलत भएको बताए । ‘अहिले मात्रै होइन, विगतदेखि नै गलत अभ्यास भइरहेको छ । संविधानको उल्लंघन वा प्रदेश प्रमुखले विधि मिचेको भए पो पदमुक्त गराउने हो’ शेरचनले भने, ‘विना कारण पदमुक्त गर्ने निर्णय अब सच्याउनुपर्छ ।’ उनले केन्द्र सरकारले राजीनामाको मौकासमेत नदिएको बताए ।

प्रदेश प्रमुखबाट बाहिरिंदै गर्दा शेरचनले राजनीतिक टिप्पणी समेत गरेका छन् ।

सम्बन्धित् समाचार