भारतको केरलास्थित वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । त्यस्तै बेपत्ता भएका ९० जनाको अझै खोजी जारी छ ।
बीबीसीका अनुसार उक्त पहिरोमा परी घाइते भएका ३१ जनालाई अस्पताल भर्ना गरिएको छ । पहिरोका कारण वायनाडका चुरमाला तथा मुडाक्कईमा ठूलो क्षति भएको छ ।
अधिकारीहरूले पहिरो प्रभावित क्षेत्रमा वर्षा नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताएका छन् । उद्धारकर्ताहरूले २५० जनाभन्दा बढीको उद्धार गरेका बताइएको छ ।
मुख्यसचिव डा बी वेणुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- अझै पनि कयौँ व्यक्तिहरू बेपत्ता भएको जानकारी आएको छ । जसका कारण मृतकको संख्या बढ्न सक्छ ।








