कपिलवस्तुको दुई फरक फरक स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
कपिलवस्तुको कृष्णनगर– ९ जुमिला गाउँमा एक जना पुरुष र सुद्धोदन गाउँपालिका-५ सिवलवामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उता सिवलवा बस्ने ५६ वर्षीया गम्तरा अहिरको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा नलमा जोडेको विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर बेहोस भएकी उनको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।