गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : मन्त्रीहरूलाई तोकियो जिम्मेवारी

लुम्बिनी प्रदेश : मन्त्रीहरूलाई तोकियो जिम्मेवारी

लुम्बिनी प्रदेशका मन्त्रीहरूलाई शुक्रबार जिम्मेवारी तोकिएको छ।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बाँकेका बादसाह कुर्मीले पाएका छन्। उनी व्यक्ति अपहरण तथा हत्या आरोपित व्यक्ति हुन्। भूमिश्वर ढकालले भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना,  रोज राना उर्फ सरोज थापाले सहरी  विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

दाङका प्रचण्ड विक्रम न्योपानेले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, खेमबहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

सम्बन्धित् समाचार