गृहपृष्ठ Featured पेरिस ओलम्पिक: अमेरिकालाई हराउँदै मोरोक्को सेमिफाइनलमा

पेरिस ओलम्पिक: अमेरिकालाई हराउँदै मोरोक्को सेमिफाइनलमा

मोरोक्को पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा अमेरिकामाथि ४-० गोलअन्तरको सानदार जित निकाल्दै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको २९औँ मिनेटमा सुफियान रहिमीले गोल गर्दै मोरोक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलअन्तरको अग्रता लिएको मोरोक्कोले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

खेलको ६३औँ मिनेटमा इलियास चकौरले गोल गर्दै मोरोक्कोको अग्रता दोब्बर बनाएका थिए । खेलको ७०औँ मिनेटमा असरफ हाकिमीले गोल गरेपछि मोरोक्कोले ३-० को अग्रता लियो । त्यसपछि इन्जुरी समयमा एल मेहदी मौहौबले पेनाल्टीमार्फत गोल गरेपछि मोरोक्को अमेरिकामाथि ४-० गोलअन्तरको जित निकाल्न सफल भयो ।

मोरोक्कोले अब फाइनल प्रवेशका लागि स्पेनको सामना गर्नेछ ।

सम्बन्धित् समाचार