गृहपृष्ठ Featured भारत-श्रीलङ्काबीचको पहिलो एकदिवसीय खेल बराबरी

भारत-श्रीलङ्काबीचको पहिलो एकदिवसीय खेल बराबरी

प्रकाशित मिति:

भारत र भारत र श्रीलङ्काबीचको पहिलो एकदिवसीय खेल बराबरीमा सकिएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट मैदानमा हिजो भएको पहिलो खेल बराबरीमा सकिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलङ्काले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर ५ बलमा २ सय ३० रन बनाउँदा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए । अक्षर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५ रन जोडे ।

श्रीलङ्काका वानिन्दु हसरंगा र कप्तान चरिथ असलंकाले समान तीन विकेट लिए । त्यसअघि श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । श्रीलङ्काका पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय पारी खेले । विलालागेले अविजित सर्वाधिक ६७ रन बनाए । निशंकाले ५६ रन जोडे । भारतका अक्षर पटेल र अर्शदिप सिंहले समान दुई विकेट लिए ।

श्रृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

सम्बन्धित् समाचार