गृहपृष्ठ Featured चलचित्र ‘नमेटिने घाउ’को प्रधानमन्त्री ओलीले गरे डबिङ

चलचित्र ‘नमेटिने घाउ’को प्रधानमन्त्री ओलीले गरे डबिङ

प्रकाशित मिति:

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । उनले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् ।

फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । नेपालले केही दिन अगाडि आफ्नो दृश्यको डबिङ गरेका थिए ।

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

सम्बन्धित् समाचार