गृहपृष्ठ Featured लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेट

लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेट

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको बजेटको ५० प्रतिशत रकम बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले आफ्नो मन्त्रालयको बजेटको ५० प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालले पाएसँगै यसलाई प्रदेश सरकारले कति महत्वपूर्ण मानेको रहेछ भनेर बुझ्नुपर्ने बताएका छन् ।

नयाँ सरकारको स्वास्थ्यमन्त्री खेमबहादुर सारुसँगै मंगलबार बुटवलमा आएका सचिव उपाध्यायले अस्पताललाई विशेष योजनाका साथ अघि सारिएकाले यहाँ रहेका सबै कर्मचारीले त्यही योजनाअनुसार काम गर्नुपर्ने बताए ।

उपाध्यायले लुम्बिनी प्रदेशको कुल बजेटको १५ प्रतिशत स्वास्थ्य मन्त्रालयका लागि र मन्त्रालयको कुल बजेटको ५० प्रतिशत रकम लुम्बिनी प्रादेशिक अस्पतालका लागि छुट्याइएको जानकारी दिए ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशको समग्र स्वास्थ्य क्षेत्र सुधार्न प्रादेशिक अस्पताल यो प्रदेशकै लाइफलाइन भएको बताए ।

सम्बन्धित् समाचार