वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले यस क्षेत्रका व्यवसायीहरुलाई लक्षित गरि कार्यालयबाटै विभिन्न सेवा सुरु गरेको छ । चारनम्बरमा रहेको संघकै आफ्नै भवनबाट डे (१) र डे (२) फारम भरी कर तिर्न मिल्ने ब्यवसायीको लागी सेवा प्रदान गर्न सुरु गएको संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए ।

उनले केही अघि मात्र संघले व्यवसायीहरुलाई लक्षित गरि सो सेवा संचालन गर्ने बताएका थिए । उनले भनेअनुसार नै सेवा सुरु भएको हो । अब यस क्षेत्रका व्यवसायीलाई डे (१) डे (२) को फारम भरी कर तिर्नुपर्ने, करचुक्ता प्रमाण पत्र लिनुका साथै अन्तर शुल्क लाग्ने वस्तुहरुको व्यापार गर्ने व्यवसायीका लागी अन्तरशुल्क तिर्ने र नविकरण गर्ने जस्ता सेवा संघको कार्यालयबाटै प्रदान गरिने अध्यक्ष क्षेत्रीले बताए ।
उनले यस क्षेत्रका संघकै कार्यालयबाटै व्यवसायीहरुलाई सेवा लिई फाईदा लिनुहुन आह्वान समेत गरेका छन् ।
सघंका महासचिव नवदत्त घिमिरेले यसका साथै लेखा परिक्षण गर्नुपर्ने व्यवसायीहरुका लागी लेखा परिक्षण सम्बन्धी परामर्श समेत प्रदान गरिएको बताए । उनले याी सेवाहरु शनिबार बाहेक हरेक दिन कार्यालय समयमा उपलब्ध गराइने जानकारी दिए ।
सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले चुनावी मैदानमा आउदा आफनो घोषणा पत्रमा नै यी सेवा सुविधा सघंको कार्यालयबाट दिने गरी काम गर्ने उल्लेख समेत गरेका थिए ।
यसरी सघंले नै आफ्नै कार्यालयबाट व्यवासीका लागी अत्यावश्यक सेवा प्रदान गर्न सुरु गरेपछि यस क्षेत्रका व्यवसायी अन्यत्र गएर भौतारी पर्ने झन्झटबाट मुक्त भएका छन् ।








