गृहपृष्ठ Featured बुटवलमा बेरूजु बढेपछि दरबन्दीबाहेकका कर्मचारी व्यवस्थापन गर्न चुनौती

बुटवलमा बेरूजु बढेपछि दरबन्दीबाहेकका कर्मचारी व्यवस्थापन गर्न चुनौती

रूपन्देही ।

बुटवल उपमहानगरपालिकाले दरबन्दी भन्दा धेरै रहेका स्वास्थ्यका कर्मचारीहरूसँग छलफल गरेको छ।

बुटवल उपमहानगरपालिकामा १६ जना स्वास्थ्य तर्फका कर्मचारीको दरबन्दी रहे पनि थप २३ जना कर्मचारी कार्यरत रहेकोमा त्यसको व्यवस्थापनका लागि उपमहानगरले छलफल गरेको हो।

दरबन्दीभन्दा धेरै कर्मचारीलाई तलब भत्ता उपलब्ध गराएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि बेरुजु हुन नदिनका लागि कर्मचारीको दरबन्दी थप गर्ने वा कर्मचारी फिर्ता गर्ने भन्ने विषयमा उपमहानगरपालिकाले छलफल गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

उनले कार्यरत कर्मचारीहरूको दिगो व्यवस्थापनका लागि कर्मचारीको दरबन्दी थप गर्ने वा कर्मचारीलाई स्वैच्छिक रूपमा फिर्ता हुने विकल्पका लागि कर्मचारीसँग छलफल गरिएको बताए।

सम्बन्धित् समाचार