वैखरी अनलाइन, बुद्धभूमि । ।
नागपंचमीको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा सर्पको पुजा गरिएको छ ।
नगर प्रमुख केवश कुमार श्रेष्ठ र शमशेर दल गणका गणपति बिदुल ध्वज अधिकारीले संयुक्त रुपमा सर्पको पुजाआजा गरेका हुन ।
सो अवसरमा मेयर श्रेष्ठले गणमा सरुवा भई आउनु भएका नव गणपति अधिकारीलाई खादा लगाएर स्वागत समेत गरेका थिए । कार्यक्रमकै बिचमा केन्द्रमा कार्यरत सेनाका प्राबिधिक टोलीलाई मेयर श्रेष्ठले नगद सहीत पुरस्कृत समेत गरेका थिए ।
यस्तै केन्द्रमा उपचाररत बिरामीहरुलाई समेत भेटघाट समेत गरिएको थियो । त्यस्तै आज बिहान ६ बजे बुद्धभुमी नगरपालिका– ३ मोर्मास्थित चौधरी गाउमा रहेको एक घरमा भेटिएको गोमन सर्पको उद्धार गरी जंगलमा छाडिएको केन्द्रका ब्यवस्थापक नबिन भण्डारीले वैखरी अनलाइनलाई बताए । सो अवसरमा मेयर श्रेष्ठले केन्द्रको स्तरोन्नति गरी प्रभावकारी उपचारका लागी आफुले थप पहल गर्ने प्रतिवद्धता जनाए ।
केन्द्रमा उपचारका लागि आउने बिरामीहरुको विश्वास बढेकोले यहाँ उपचारका लागि थप सहज बनाउने बताए । नेपाली सेनाको प्राबिधिक टोलीले केन्द्रमा प्राबिधिक सहयोग गरेकोले यहा राम्रो उपचार सेवा हुने गरेको उनले बताए ।
उनले सर्पदंशबाट बच्न नागरिक आफै सचेत हुनु पर्ने र सर्पले टोकेकाहरुलाई बेलैमा उपचारकालागि स्वास्थ्य संस्थामा ल्याउनु पर्ने बताए । केन्द्रका ब्यवस्थापक भण्डारीले केन्द्रमा आउने बिरामीहरुलाई सहज र राम्रो उपचार सेवा दिइएको बताए । उनले केन्द्रको स्तर समेत बढाउदै लैजान पर्ने उनले बताए ।