गृहपृष्ठ Featured अध्यक्ष विकलाई पितृशोक, शनिबार शोकसभा सम्पन्न

अध्यक्ष विकलाई पितृशोक, शनिबार शोकसभा सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष पत्रकार शम्भु विकलाई पितृशोक परेको छ । अध्यक्ष विकका पिता बन्वारी विश्वकर्माको ६५ बर्षको उमेरमा गत साउन २३ गते निधन भएको थियो ।

यसैबीच संघले शनिबार मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सभा सम्पन्न गरेको छ । संघका पदाधिकारीहरुको उपस्थितिमा शोक सभा गरिएको हो । संघका पदाधिकारीहरुले अध्यक्ष विकका पिता स्व.बन्वारी विश्वकर्माको निवासमै तस्विरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्व.विश्वकर्माको असामयिक निधनले संघ स्तब्ध र मर्माहत भएको उनीहरुले बताएका थिए ।

उनीहरुले सो क्रममा गहिरो दुःख व्यक्त गरेका थिए ।

यस दुःखद घडिमा राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु सम्पूर्ण परिवारजनको साथमा रहेको उनीहरुले बताएका थिए ।

सम्बन्धित् समाचार