गृहपृष्ठ Featured बाँकेमा ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

बाँकेमा ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

रुपन्देही ।

बाँकेमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो ।

उनी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन् । शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा. प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकल विकले चलाएका थिए। दुर्घटनामा अर्का एक जना पनि घाइते छन् । उनको उपचार जारी छ ।

गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सम्बन्धित् समाचार