काठमाडौं ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई नगद पुरस्कार सिफारिस गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले उपविजेता खेलाडीलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सफारिस गरेको हो। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको यही साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि सिफारिस गरेको हो।
राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन्। यस्तै मुख्य प्रशिक्षकले दुई लाख, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।








