गृहपृष्ठ Featured पाल्पामा सवारी साधन दुर्घटना हुँदा ७ यात्रु घाइते

पाल्पामा सवारी साधन दुर्घटना हुँदा ७ यात्रु घाइते

पाल्पा ।

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, जोरधारामा भएको सवारी साधन दुर्घटनामा ७ यात्रु घाइते भएका छन्  । बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग२ख १२२५ नम्बरको हाइस सोमबार अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएको हो ।

घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी प्रभास र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरी अस्पताल पठाएका हुन् ।

तानसेन नगरपालिका–१० की लक्ष्मी कार्की, नवलपरासी पश्चिम सराबल गाउँपालिका–७, का राजेश गुप्ता, रामु सहानी, मेराज मन्चुरी, दीपेन्द्रकुमार कुसवाह, स्याङ्जा भीरकोट नगरपालिका–९ का तारापति रेग्मी र कास्कीको पोखरा महानगरपालिका–२२ का रमेश केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

चालक जिल्ला स्याङ्जा वालिङ नगरपालिका–६ का शेखर कोइराला प्रहरीको नियन्त्रणमा छन् । सवारी दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार