गृहपृष्ठ Featured प्युठानमा वडाबाटै भत्ता वितरणको माग राख्दै धर्ना सुरु

प्युठानमा वडाबाटै भत्ता वितरणको माग राख्दै धर्ना सुरु

प्यूठान ।

स्थानीयलाई घरपायक स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरणको माग गर्दै गौमुखी गाउँपालिकाका जनप्रतिनिधिहरूले धर्ना सुरु गरेका छन् । बैंकमार्फत भत्ता वितरण गर्दा दुर्गम क्षेत्रका नागरिकलाई असहज भएको उनीहरुले बताए ।

गाउँपालिकाले नेपाल एसबीआई बैंकमार्फत भर्ता वितरण गर्दै आइरहेको छ । बैंकअगाडि सुरु गरिएको धर्नामा वडाध्यक्षहरूसहितका जनप्रतिनिधि सहभागी छन् ।

बस्ती-बस्ती पुगेर बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने वडा नम्बर ५ का अध्यक्ष वरुणध्वज मल्लले बताए । ‘अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई भत्ता लिन ठूलाबेंसी आउन असहज भयो,’ उनले भने, ‘पटक/पटक गाउँमा गएर भत्ता वितरणको व्यवस्था मिलाउन आग्रह गर्दा अटेरी भएपछि धर्ना सुरु गरेका हौं ।’ बस्तीमै पुगेर भत्ता वितरण गर्न वडाहरूले सहयोग गर्ने बताउँदा पनि बैंकले सुनुवाइ नगरेको मल्लले गुनासो गरे ।

सम्बन्धित् समाचार