गृहपृष्ठ Featured लेदो खसेपछि नारायणगढ-बुटवल सडक अवरुद्ध

लेदो खसेपछि नारायणगढ-बुटवल सडक अवरुद्ध

मध्यविन्दु ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो ।

सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार