गृहपृष्ठ Featured छानबिन गर्न सात सदस्यीय समिति गठन

छानबिन गर्न सात सदस्यीय समिति गठन

पशुपतिनाथ कोटीहोमस्थलमा शुक्रबार राति भएकाे घटनाकाे छानबिन गर्न स्थानीय प्रशासनले सात सदस्यीय छानबिन समिति गठन गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकाे हाे ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णुकुमार थापा सदस्य छन् ।

समितिकाे सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेललाई चयन गरिएकाे छ । उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाका बारेमा स्थलगत अध्ययन र छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएकाे छ ।

शुक्रबार राति कथावाचक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेकाे भन्दै तनाव उत्पन्न भएकाे थियाे ।

सम्बन्धित् समाचार