गृहपृष्ठ Featured अविरल बर्षाले डुब्यो ‘बाणगंगा’

अविरल बर्षाले डुब्यो ‘बाणगंगा’

अविरल वर्षाकाले कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बर बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।

यस क्षेत्रका अधिकांश बस्ती डुबानमा परेका हुन् । सडक जलमग्न छन् भने कयौंको घरभित्रै पानी पसेको छ ।

विद्यालय र विभिन्न कार्यालय समेत डुबानमा परेका छन् । जसले गर्दा केही विद्यलायले विदा नै दिए भने कार्यालयका कामकाज समेत प्रभावित बने ।

घोला, नालीको  पानी सडक र घरमा पुगेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगाको चार नम्बर, बैरिया, पिपरा लगायतका क्षेत्रका सडक, घर बस्तीमा पानी पसेको बताए। चार नम्बरको रहेको लुम्बिनी कृषि फर्ममा पानी पसेको छ । पानी पस्दा लाखौँको नोक्सान भएको सञ्चालनले बताए।

अविरल वर्षाले कोठी नदीको पानी सडकमा समेत पुग्दा राजमार्ग क्षेत्र समेत डुबानमा परेको छ। बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले चार नम्बर चोक, पिपरा र बैरिया क्षेत्रका घरहरू डुबानमा परेको बताए। उनले फ्रिडम फाउन्डेशनमा बसेको ३५ बढी युवाहरूलाई बारको सामुदायिक भवनमा राखिएको बताए । यस्तो बिपतका बेला सुरक्षित रहन आग्रह गरेका छन्।

डुबानमा परेकाहरूको नगर बिपद ब्यपस्थापन समिति मार्फत आवश्यक प्रकृया अघि बढाइने बताए। उनले वडाध्यक्ष मार्फत क्षतिको संकलन गरी राहत बाँडिने बताए। उता बाणगंगा नदीमा फसेका १५ बढीको सुरक्षाकर्मीले सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।

यस्तै घरमा पानी पसेका फसेका ७ जनाको सशस्त्र प्रहरी टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेयले बताए।

सम्बन्धित् समाचार