रुपन्देही ।
लुम्बिनी प्रदेशसभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदनसहित पेश हुने भएको छ ।
यो विधेयक वैशाख ३० गते प्रदेश सभामा पेश भएको थियो । दफावार छलफलका लागि प्रदेश सभाले प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो ।
यस्तै स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ । हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ ।
यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
मंगलबार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएसँगै केही दिन सदन नियमित हुनेछ ।








