काठमाडौं ।
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ ।
भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।








