वैखरी अनलाईन, बाणगंगा ।
हाल नेकपा एमाले बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन जारी छ । बाणगंगा नगरपालिका- १ मा अवस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा जारी अधिवेशनबाट अध्यक्ष को बन्ला ? भन्ने विषय यतिबेला चर्चा भईरहेको छ । अधिवेशनको शुक्रबार नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका हुन् ।
अधिवेशनले आफुलाई सर्वसम्मत वा निर्वाचन भए अत्याधिक मतसहित विजयी हुने अध्यक्षमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका मदन शाहीले बताएका छन् । आफूले चुनाब भए सजिलै जित्ने शाहीको दावी छ । उनले लामोसम्म आफु पार्टी सुदृढिकरणमा महत्वपूर्ण आफुले योगदान दिदैं आएको बताउँदै भने, ‘म सबैको साँझा उम्मेदवार हुँ । पार्टी र अधिवेशनका प्रतिनिधिले आफ्नो योगदान, समर्पण, क्षमतालाई बुझ्नेमा विश्वस्त छु ।’
शाहीले आफ्नो जित निश्चित रहेको दोहोर्याउँदै युवादेखि पार्टीका पुराना कार्यकर्तासम्मको आफुलाई अपार समर्थन रहेको बताए । उनले सबैलाई मिलाएर लैजान आफु नेतृत्वमा पुग्न अत्यावश्यक रहेको बताए । हालसम्मको परिवेश हेर्दा अध्यक्षमा मदन शाही र सोमनाथ अर्यालको नाम मुख्यतः चर्चामा छ । शाहीले सोमनाथ अर्यालमाथि टिप्पणी गर्न भने चाहेनन् ।
शैक्षिक पृष्ठभूमिका शाही एमालेमा एक निष्ठवान, ईमान्दार कर्ताकर्ताका रुपमा परिचित छन्् । नगर अधिवेशनमा २ सय ११ जना प्रतिनिधि सहभागि रहेका छन् ।








