गृहपृष्ठ Featured माओवादीबाट एमाले छिरेका अर्याललाई अब एमाले बाणगंगाको जिम्मा

माओवादीबाट एमाले छिरेका अर्याललाई अब एमाले बाणगंगाको जिम्मा

बाणगंगा ।

नेकपा एमाले बाणगंगा नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका छन् ।

प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका हुन् । केहि समयअघि सकिएको मतगणनाको नतिजामा १४६ मतसहित अर्याल निर्वाचित भएका हुन् ।

शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको जनाईएको छ ।

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका अर्यालले यो निर्वाचनको परिमाणलाई हेर्दा छोटो समयमै एमालेमा शसक्त पकड बनाउन सफल भएको देखिन्छ ।

यस्तै उपाध्यक्षमा भिम बहादुर थापा निर्वाचित भएका छन् । उनले १ सय ४६ मत प्रप्त गरे भने उनका प्रतिद्धन्दी बाबुराम अर्यालले ५० मत प्राप्त गरे ।

सम्बन्धित् समाचार